पोखरा महोत्सवको टिकटक विजेता लक्ष्मण गोले
पाेखरा | माघ ९, २०७९
पोखरा: एघारौं पोखरा महोत्सवमा आयोजित टिकटक प्रतियोगिताको उपाधि लक्ष्मण गोलेले हात पारेका छन । प्रतियोगिताको उपाधि संगै गोलेले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गरे । गोलेले महोत्सव स्थलमा राखिएको टिकटक निर्माण स्थलमा टिकटक बनाएर सर्वाधिक भ्युज ल्याउन सफल भएका थिए । गोलेको भिडियोले १.९ मिलियन भ्युज ल्याएका थिए ।
त्यसैगरी प्रतियोगितामा जमुना थापा मगरले १.६ मिलियन भ्युज बटुल्दै दोश्रो स्थान हासिल गर्न सफल रहिन । दोश्रो स्थान संगै थापा मगरले नगद २० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल बनिन । त्यसैगरी प्रतियोगितामा भाग लिइ महोत्सवमा धेरै भिडियो निर्माण गरी टिकटक प्रतियोगिताको सन्देश प्रबाह गरी सहयोग गरेका मिङ मिङ पुनलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।
प्रतियोगिताका बिजेताहरुलाई टिकटक प्रतियोगिता प्रयोजन गर्ने अल्ट्राबाइट प्रा.लि., एजुकेशन डाइट प्रा.लि.का गण्डकी प्रदेशका निर्देशक पूर्ण कुमार श्रेष्ठ, आशिष इन्स्टीट्युट प्रा.लि.का सञ्चालक आशिष पाण्डे, क्लवका अध्यक्ष राजु श्रेष्ठ, टिकटक प्रतियोगिताका संयोजक शिब थापा लगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा ४ सय ५० बढीले भाग लिएका थिएभने समग्रमा #2079pm मा करिब १ करोड १७ लाख भ्युज पुगेको थियो । महोत्सव आयोजक युनाइटेड क्लबले टिकटकलाई रमाईलो मात्र नभइ संस्कृतिको संरक्षण र सभ्य समाज निर्माण संगै टिकटक चलाएर पनि प्रतियोगितामा सहभागीता हुन सकिने र नगद जित्न सकिने सन्देश प्रदान गर्ने उद्देश्यले टिकटक प्रतियोगिताको आयोजना गरिएको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवको तेह्रो दिन सम्म आइपुग्दा करिव दुई लाख ४० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन । महोत्सवमा दर्शकको भीड संगै कारोबार समेत बढेको छ । महोत्सवको तेह्रो दिन सम्म आइपुग्दा ८ करोड ६० लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए ।
महोत्सवको तेह्रो दिन सोमबार महोत्सवमा उपस्थित दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरी ढुंगाना, मधु थापा मगर, किसन नेपाली, सानु बिकास, कमला सुनार लगायतको प्रस्तुतीमार्पत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी सांझको लाईभ ब्याण्ड तर्फ अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्याण्ड मन्त्रको प्रस्तुती मार्फत युवाहरुले भरपुर मनोरन्जन लिएका थिए ।
महोत्सवको अन्तिम दिन मंगलवार लोकदोहोरी तर्फ प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनार लगायतको प्रस्तुती रहनेछभने सांझको कन्सर्ट तर्फ चर्चित र्यापर एएनटीएफ बाट चर्चित भएका र्यापर माइलाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

